ओली सरकार इतिहासकै नालायक र असफल : अध्यक्ष निरौला

Samajbadi congres 15

काठमाडौं । संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था जस्ता माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले सडक संघर्ष गर्ने भएको छ ।

हालको बिग्रदो राजनीतिक परिस्थितीका कारण नागरिकको अधिकार कुष्ठित भएका कारण नागरिकका अधिकार स्थापित गराउन र संवैधानिक प्रजातन्त्र र हिन्दुराज्य पुनर्स्थापनाका लागि सडक संघर्ष गर्ने घोषणा गरेको छ ।

आज काठमाडौंको शान्तिबाटिकामा आयोजित राष्ट्रिय नागरिक आन्दोलनको घोषणा कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य, राजसंस्थाको पुनर्स्थापना जस्ता माग पूरा नहुन्जेल आमसभा, घरदैलो कार्यक्रम, सडक बहस जस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

आन्दोलनको घोषणा कार्यक्रममा अध्यक्ष निरौलाले इतिहासकै नालायक र असफल सरकारलाई सही गतिमा ल्याउन सडक संघर्षको विकल्प नभएको बताए । ‘यो जस्तो असफल सरकार अहिलेसम्म देखिएकै थिएन । यस्तो सरकारबाट देश अब चल्न सक्दैन’ निरौलाले भने, ‘यो सरकार फ्याँकेर सहमतीय आधारमा राष्ट्रिय सरकार बनाएर नयाँ संविधान बनाइनु पर्छ । त्यसले मात्रै देशको रक्षा गर्नसक्छ ।’

नेपाल समाजवादी कांग्रेसका सचिव मानहादुर गुरुङले देशमा भइरहेको कालाबजारीको अन्त्य गर्नका लागि र ओली सरकारको रवैया अन्त्य गर्न पनि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आएको बताए ।

सो कार्यक्रममा समाजवादी पार्टीकै सहसचिव पुष्पा राणा घले, केन्द्रिय सदस्यहरु दुर्गा भुषाल, केस कृष्णदास श्रेष्ठ, रामशरण पराजुली लगायतले सरकारका गलत गतिविधिहरुका विरुद्ध सडक संघर्ष जरुरी रहेकोमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...