राजकीय पदको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठलाई कारवाही गर्न फेडोको माग

Rupa sunar samarthan 15 fedo

काठमाडौं । दलित महिला संघ (फेडो) ले राजकीय पदको दुरुपयोग गरी छुवाछूतलाई संरक्षणमा लागेका नेपाल सरकारका वहावाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ ।

असार १ गते काठमाडौं बबरमहलकी सरस्वती प्रधानले आफ्नो घरमा संचारकर्मी तथा अधिकारकर्मी रुपा सुनारलाई जातकै आधारमा कोठा नदिएपछि उनले रुपाले असार ३ गते सरस्वतीवरुद्ध महानगरीय प्रहरी बृत्त अनामनगरमा उजुरी दिएकी थिएन् ।

प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो । तर अनुसन्धानकै क्रममा रहेका बेला असार ९ गते शिक्षा मन्त्री श्रेष्ठले आफ्नै रोहवरमा सरस्वतीलाई हिरासतमुक्त गरी सरकारी गाडीमा सरस्वतीलाई घरसम्मै पु¥याइदिएका थिए । सो घटनाको देशव्यापी रुपमा विरोध भइरहेको छ ।

यसैक्रममा फेडोले राजकीय पदको दुरुपयोग गर्दै जातीय छुवाछूतलाई संरक्षण गरेको भन्दै बर्खास्त गर्न माग गरेको छ । ‘नेपाल सरकारका वहावाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले राजकिय पदको दुरुपयोग गरी थुनामा रहेकी सरस्वती प्रधानलाई जवरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा राखेर घर पु¥याउने घृणित कार्यले संविधान, कानुन र न्याय प्रणालिको ठाडै हस्तक्षेप र उल्लङघन गरेको छ’ फेडोकी अध्यक्ष कला स्वर्णकार र महासचिव रेणु सिजापतिद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस्तो निच तथा अमानवीय कार्यले जातीय विभेद तथा छुवाछूतलाई पक्षपोषण गरेको पुष्टि हुन्छ ।’

‘जातका आधारमा गरिने विभेद तथा छुवाछूत मानवता विरुद्धको जघन्य अपराध हुनुको साथै फौजदारी अपराध पनि हो’ सो विज्ञप्तीमा भनिएको छ, ‘यसरी राज्यको संविधान, कानून मिचेर मानवता विरोधी कार्य गर्ने मन्त्रीलाई अविलम्व कारवाही गरि बर्खास्त गर्न दलित महिला संघ (फेडो) नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

यसैबीच रुपा सुनारलाई न्याय दिलाउन र मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै देशव्यापी रुपमा आन्दोलनहरु भइरहेका छन् । आज पनि देशका सबै शहरहरुमा रुपा सुनारको पक्षमा प्रदर्शनहरु भएका छन् भने ठाउँठाउँमा मन्त्री श्रेष्ठको पुत्ला पनि दहन भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...