क्रोएसियालाई हराउँदै स्पेन स्पेन यूरोको क्वार्टरफाइनलमा

Spain 1

काठमाडौं । स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियालाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो ।

युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।

खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।

अब स्पेनले क्वार्टरफाइनलमा फ्रान्स र स्वीटजरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।

पहिलो हाफको ३८ औँ मिनेटमा पाबलो साराबियाले बराबरी गोल फर्काए । दोस्रो हाफको शुरुवातमा नै सिजार एज्पेलिकुएटाले स्पेनलाई अग्रता दिलाए भने फेरान टोरेसले स्पेनको अग्रता दोब्बर बनाए ।

जीततर्फ अग्रसर स्पेनलाई मिस्लाभ ओरसिचले ८५ औँ मिनेटमा झट्का दिए । इन्जुरी समयमा मारियो पासालिचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपियो । अतिरिक्त समयको शुरुवातमा क्रोएसियाले स्पेनमा दबाब बनाउँदै गोलको अवसर सिर्जना गर्यो । त्यही बेला अल्भारो मोराटाले उत्कृष्ट गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । त्यसपछि मिकेल ओयारजाबालले अर्को गोल थप्दै स्पेनको जीत सुनिश्चित गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...