रुपा सुनारलाई प्रदेश १ को साथ, १४ वटै जिल्ला प्रशासनमा मन्त्री श्रेष्ठलाई कारवाही गर्न ज्ञापन

Dkt gyapan)13

धनकुटा । जातकै आधारमा कोठा नदिने काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै लागेको भन्दै प्रदेश १ का दलित अगुवाहरुले मन्त्री श्रेष्ठलाई कारवाहीको माग गरेका छन् ।

जातकै आधारमा रुपा सुनारलाई कोठा नदिएपछि श्रेष्ठलाई प्रहरीले अनुसनधानका लागि भन्दै ३ दिन हिरासतमा राखेको थियो । तर मन्त्री श्रेष्ठले आफ्नै रोहवरमा हिरासतमुक्त गराएको विरोधमा आज प्रदेश१ का दलित अगुवाहरुले १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मन्त्री श्रेष्ठलाई कारवाही गर्न माग गरेका छन् ।

प्रदेश १ का दलित अगुवाहरुले धनकुटा, खोटाङ, मोरङ, इलाम सहितका १४ जिल्ला प्रशासन कार्यालयमार्फत शिक्षा मन्त्री श्रेष्ठलाई छुवाछूत ऐन अन्तरगत कारवाही गर्न माग गरेका हुन् ।

दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शंकर, पूर्व अध्यक्षहरु रविन्द्र नेपाली, गोपाल विश्वकर्मा, भुमि समस्या समाधान आयोगका अध्यक्ष एबं दलित एकता समाजका सदस्य नैन विश्वकर्मा, भोजबहादुर बिश्वकर्मा, अम्बिका परियार, रामजीकुमार तिरुवा लगायतको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालमार्फत धनकुटामा रुपा सुनारलाई न्याय दिलाउन र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...