बादलले मागे ६५० जना राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, मागेजति सम्भव छ त ?

Ram bahadur thapa badal 27 rambahadur 2

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ ।

हाल १ हजार १९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएसँगै राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्नुपर्ने बाध्यता आएको छ ।

एमालेका एक नेताका अनुसार अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउनेछ ।पूर्वमाओवादी ५६० जनाको नाम टुंग्याएको र १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्ने ती नेताको भनाई छ ।

शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको थियो ।

गत पुस ५ मा संसद विघटन गरेपछि ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । तर, दोस्रोपटक संसद विघटन गर्ने बेलासम्म आइपुग्दा २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइयो र ११९९ मध्येका बाँकीलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा परिवर्तन गरियो ।

परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय नै छ । यसमा ५६० जनाको नाम थप्न पूर्वमाओवादीले माग गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीको नेतृत्वमा भएका एकलौटी निर्णयहरु खारेज हुनुपर्ने माधव नेपाल पक्षले माग गरिरहेकै बेला ओली पक्षले महाधिवेशन आयोजक समितिको बैठक राखेर विधानमा व्यवस्था गरिएअनुरुप राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीलाई थप गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...