डेनमार्क युरो कपको क्वार्टर फाइनलमा प्रवेश

Denmark jit

काठमाडौं । डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम महेले र मार्टिन ब्रेथवेटले एक एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८८ औं मिनेटमा महेलेले गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको अन्तिम समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४(० को सानदार जित दिलाएका हुन् । यो जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

पछिल्लो संस्करणमा वेल्स सेमिफाइनलसम्म पुगेको थियो । तर यस पटक प्रि क्वाटरफाइनलबाटै विदा भएको छ । डेनमार्कले २०१२ को युरोकपमा समूह चरण पार गर्न सकेको थिएन भने २०१६ मा छनोट चरण नै पार गर्न असफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...