‘बगर भयो जिन्दगी’ मा भीम र आयुष्माको रोमान्स (भिडियोसहित)

Bagar vayo song

काठमाडौं । भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत ‘बगर भयो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाई गीतमा समेटिएको छ ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछूत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुट्नु पर्दाको पीडालाई गीतमा समेटिएको छ ।

गायक तेज सागर भट्टराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ । तेज सागर भट्टराईको शब्द खेम सेन्चुरीको लय सिर्जना एवम् विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन, देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस