माधवकुमार नेपाल भन्छन्, ‘बालुवा पेलेर तेल निस्किन्न, अब एमालेमा फर्किने सम्भावना पनि छैन’

Madhav kumar nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएका कारण अब नेकपा एमालेमा फर्किएर काम गर्ने सम्भावन नै नरहेको बताएका छन् ।

शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताए । नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताए ।

नेता नेपालले अब एमाले एकताको सम्भावना समेत कमजोर बनेको संकेत गरे । उनले भने, ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । तर म त्यसमा छैन । भोलि केपी ओलीसँग गएर फस्नुहुन्छ भन्ने लाग्या छ भने त्यस्तो हुन्न । वाक्क दिक्क भएका छौँ । त्यत्तिकै एउटा मनस्थितीमा पुगेका होइनौँ । मन उता शरिर उता होइन ।’

आफ्नो समूह अहिले संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले अब एमालेमा फर्कने अवस्था कमजोर बनेको समेत संकेत गरेका छन् । अहिले एमालेभित्रै विद्रोहीका रुपमा रहेको भन्दै उनले भने, ‘हामी छुट्टै पार्टीको रुपमा छनौँ । एमालेको विद्रोहीको रुपमा हिडिरहेका छौँ । तर यो कहिलेसम्म ?’

बालुवा पलेर तेल ननिस्कने विश्वासमा आफू रहेको तर छलफल गर्ने विषय सकारात्मक रहेको उनको भनाइ छ । यसअघि वामदेव गौतमले समेत ओलीलाई सच्याउन पहल गर्ने भनेका बेला समेत बालुवा पेलेर तेल नआउने भनेको भन्दै नेता नेपालले अहिलेसमेत कतिपय नेताहरुलाई त्यस्तै लागेको भएपनि अध्यक्ष ओली सच्चिने सम्भावना नहरेको बताए ।

उनले भने, ‘बालुवा पेलेर तेल निस्किन्छ कि भनेर केही साथीहरुलाई लागेको छ । पटकपटक धोका चालबाजीले वाक्कदिक्क भएर हामी हैरान परेका छौँ । अहिले केपी ओलीका कारण देश नै हैरान भइसकेको छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...