‘कुर्सी तानातान’ मा रवि ओड र विपना अधिकारीको घम्साघम्सी (भिडियोसहित)

Kursi tanatan song

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सबै क्षेत्र तहसनहस भएको छ । त्यसमा पनि गीत संगीतको क्षेत्र पनि अति नै मारमा परेको छ । लामो समयको निषेधाज्ञाकै समयमा देशप्रति ओतप्रोत भएको नेपाली गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ ।

अहिले राजनीतिक अस्थिरता छ । यो बेला देशी विदेशी शक्तिहरुको चलखेल पनि बढेको छ । देश संकटतर्फ अघि बढेको छ । तर, यही बेला राजनीतिक दलहरुका नेताहरु भने कुर्सी तानातानको खेलमा लागेका छन् । यसलाई नै मुख्य विषय बनाइएको छ ‘कुर्सी तानातान’ मा ।

देशको पछिल्लो राजनीतिक विषयवस्तुसँग ठ्याक्कै मिल्ने गीत ‘कुर्सी तानातान’ मा राजेश बर्देवा र नेपाल आइडल बिजेता रबि ओडले स्वर दिएका छन् जुन गीतको म्युजिक भिडियो केही दिन अघि मात्रै सार्वजनिक गरिएको छ ।

‘कुर्सी तानातान’ बोलको गीतमा रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारको आवाज रहेको छ भने शब्द रचना प्रतिभा चापाई तथा एलपी धमलाको रहेको छ ।‘कुर्सी तानातान’ बोलको गीतमा राजेश बर्देवाको संगीत तथा एरेन्ज रहेको छ ।

शिला क्षेत्रीको निर्देशन रहेको भिडियोलाई अनिल विष्ट ‘प्यूठानी’ ले छायांकन र सम्पादन गरेका छन् । यस गीतलाई बिपना अधिकारीको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक रवि ओडले ‘कुर्सी तानातान’ बोलको गीतले राष्ट्र, राष्ट्रियता र समसायीक विषयवस्तु समेटिएका कारण एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...