पाँचथरको तुम्बेवा बजेट ३७ करोड, बिकासलाई पहिलो प्राथमिकता

Tumbewa 10

पाँचथर । सभ्य र समृद्ध तुम्वेवाको आधार, कृषि पर्यटन र गुणस्तरीय पुर्वाधार’ को लक्ष्यसहित पाँचथरको तुम्बेवा गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ ।

जिल्लाकै सबैभन्दा सानो स्थानीय तह भनेर चिनिएको पाँचथरको तुम्बेवा गाउँपालिकाको नवौ गाउँसभामा आगामी आर्थिक वर्षको लागि कुल ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैयाको बजेट पेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष होमनाथ थापाद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आर्थिक विकास, पुर्वाधार, सामाजिक र वातावरणीय क्षेत्रको सुधार, स्वास्थ्य, पूर्वाधार, कृषि, शिक्षालाई प्राथमिकतामा राखिएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाममा ४० लाख तथा एम्बुलेन्स खरिद समेतको लागि बजेट छुट्याएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालका अनुसार पालिकाले प्रत्येक वडालाई ५५ लाखको दरले बजेट विनियोजन गरेको छ । पालिकामा आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि आयतर्फ संघीय वित्तिय समानिकरण ७ करोड ९१ लाख रुपैयाँ, सशर्त अनुदान १८ करोड ६५ लाख रुपैयाँ, विशेष अनुदान ८३ लाख रुपैयाँ र समपुरक अनुदान ८३ लाख रुपैया गरि जम्मा २८ करोड २२ लाख उपलब्ध भएको छ ।

प्रादेशिक वित्तिय समानिकरण ४३ लाख ४९ हजार रुपैया,सशर्त अनुदान १७ लाख ४४ हजार रुपैयाँ, विशेष अनुदान १० लाख रुपैयाँ र सवारी साधन कर २१ लाख ८१ हजार पाँच सय ८० रुपैयाँ प्राप्त हुनेछ ।

आन्तरिक आय तर्फ भुमि कर मालपोतबाट ६ लाख,घर जग्गा बहाल कर ५ लाख, व्यावसाय कर ५ लाख सिफारिस दस्तुर बापत ५ लाख रुपैयाँ बराबरको बजेट संकलन गरिने प्रक्षेपण गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...