समाजवादी कांग्रेसले शान्तिबाटिकाबाट राष्ट्रिय नागरिक आन्दोलन गर्ने

Samajbadi congress ktm

काठमाडौं । संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था जस्ता माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले राष्ट्रिय नागरिक आन्दोलन गर्ने भएको छ ।

समाजवादी कांग्रेसको केन्द्रिय कार्यालयमा बिहीबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले नागरिक अधिकार, संवैधानिक प्रजातन्त्र र हिन्दुराज्य पुनस्र्थापनाका लागि राष्ट्रिय नागरिक आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको बैठकले देशमा देखिएको वर्तमान अस्थिरताले उद्योग र उत्पादन बिना देशको अस्तित्व संरक्षण हुन नसक्ने निष्कर्ष पनि निकालेको छ । साथै देशको राजनीतक संकट निकासको निम्ति संघीयता र धर्म निरपेक्षताको खारेजी अनिवार्य भएको निष्कर्ष पनि निकालेको छ ।

पार्टीले उठाउँदै आएको माग पूरा गराउन यही असार १५ गते मंगलबार काठमाडौंको शान्तिबाटिकाबाट राष्ट्रिय नागरिक आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...