युरोकप : फ्रान्स र पोर्चुगल नकआउट चरण प्रवेश, रोनाल्डोले बनाए किर्तिमान

France vs portugal scaled

काठमाडौं । युरोकपको समूह चरणको अन्तिम खेलमा बराबरी खेल्दै फ्रान्स र पोर्चुगल नकआउट चरण प्रवेश गरेका छन् । बुधबार हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेल्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

७ अंक जोडेको फ्रान्स समूह एफको विजेता बन्यो भने ४ अंक जोडेको पोर्चुगल जर्मनीसँग हेड टु हेडमा पछि पर्दै तेस्रो बन्यो । अब अन्तिम १६ मा पोर्चुगलले समूह बीको विजेता बेल्जियमको सामाना गर्नेछ भने फ्रान्सले स्वीट्जरल्यान्डको सामाना गर्नेछ ।

६०औं मिनेटमा पोर्चुगलले पुनः पेनाल्टी पायो। त्यसमा रोनाल्डोले सहजै गोल गर्दै अन्तर्राष्ट्रिय फुबटलमा सर्वाधिक गोल गर्ने इरानका अलि डिआइको कीर्तिमान बराबरी गरे ।

रोनाल्डाले १७७ खेलमा १०९ गोल गरेका छन् । अब १ गोल मात्र गर्न सके उनले त्यो कीर्तिमान आफ्नो नाममा लेखाउने छन् ।

प्रतिकृया दिनुहोस