व्यक्तिगत कर तिर्नुपर्छ की पर्दैन ? कमाई कति हुँदा कति कर तिर्नुपर्छ ? यस्तो छ सुची

Aantarik rajaswa bivag

काठमाडौं । लामो समयको निषेधाज्ञापछि आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । यद्यपि कर तिर्ने समस्याले आम मानिस आत्तिएका छन् । कसले कति कर तिर्नुपर्छ ? यो पनि थाहा नपाउँदा समस्या भइरहेका बेला आन्तरिक राजस्व विभागले व्यक्तिगत करको दर सार्वजनिक गरेको छ ।

विभागले आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आय मात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ । दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

सबैभन्दा बढी २० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ । दम्पतीको हकमा भने २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

७ लाखदेखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजारका अतिरिक्त ७ लाखदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...