बूढानीलकण्ठमा बसेको गठबन्धनको बैठकमा के–के भयो छलफल ?

Bipachi dal madhab deuwa prandha upendra

काठमाडौं । आगामी रणनीतिबारे छलफल गर्न बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार अपरान्ह ५ बजे गठबन्धनका नेताहरुबीच छलफल भएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देब गुरुङ सहभागी थिए ।

बैठकमा एमालेबाट निस्कासित नेताहरु माधव कुमार नेपाल र भिम रावल सहभागी थिए । त्यसैगरी बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी थिए भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल छलफलमा सहभागी थिए ।

३१ जेष्ठमा एमाले वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा भएको गठबन्धन बैठकपछि अर्को बैठक बस्न सकेको थिएन । बैठकमा ३१ जेष्ठ यताका समस्त घटनाको समीक्षा गरिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले खड्काले बताए ।

यसअघि नेपाली कांग्रेसले प्रतिगमन विरुद्ध लागेको गठबन्धनलाई झन बलियो बनाएर लैजाने निर्णय गरेको थियो । खड्काका अनुसार बैठकमा गठबन्धन मजबुत, विश्वासिलो र खँदिलो बनाउने कुरामा छलफल भएको हो ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ मा गठबन्धनको सरकार बनाएको छ ।

प्रतिकृया दिनुहोस