युरोकप फुटबलमा जर्मनीको सानदार जीत

Germany porchugal

काठमाडौं । जर्मनीले युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जीत निकालेको छ । १६ औं संस्करणको युरोकपमा पोर्चुगलको पहिलो हार हो ।

म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले स्तब्ध बनायो । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।

समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस