खेलकुद प्रशिक्षक नेपालद्वारा क्रिकेट पोशाक वितरण

Poshak bitaran

चितवन । गोविन्द स्पोर्टस ऐकेडेमीका अध्यक्ष डिलकुमारी नेपालले खेलाडीलाई पोशाक तथा खेलकुद सामाग्री बितरण गरेकी छन् ।

आफैंले सिकाएका खेलाडीलाई खेल सिक्न सजिलो होस् भनेर ९ जना खेलाडीलाई खेल पोशाक वितरण गरेकी हुन् । उनले भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा निरन्तर रुपमा तालिम दिँदै आएकी छन् ।

उनले खेलाडीलाई पोशाकमा फिट देखिने र पोषाक पहिचानको माध्यम पनि भएकाले आपुले सिकाउँदै आएका खेलाडीहरुलाई पोशाक वितरण गरेको बताइन् ।

कोभिड–१९ राहत सहयोग समितिको शान्तिदुतसमेत संयोजक रहेकी नेपाल गोविन्द स्पोर्टस् एकेडेमी र गेष्ट हाउस् क्लवकी अध्यक्ष हुन् ।

खेलकुदसम्वन्धी विभिन्न समितिमा आवद्ध नेपाल खेल पत्रकारमेत हुन् । उनले २०६५ सालमा चितवनबाट खेलकुद पत्रकारिता सुरु गरेकी थिइन् । उनले लामे समयदेखि खेलकुद बिट हेर्दै आएकी छन् भने उनी नेपाल पयटन पत्रकार मञ्चकी केन्द्रीय सदस्यसमेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...