डेनमार्कका क्रिस्टियन एरिक्सन डिस्चार्ज

Capture   5645623

एजेन्सी । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

युरोकप फुटबल अन्तर्गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनी हिजो राती डिस्चार्ज भएका हुन् । फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए ।

इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।

डेनिस एफएले एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...