राप्रपाले बनायो २५ सदस्यीय केन्द्रीय विशेष समिति, अटेनन् धवलसमशेर राणा

Rpp leader

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ सदस्यीय केन्द्रीय विशेष समिति गठन गरेको छ । यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति भने खारेज गरेको छ ।

राप्रपाले पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम त्रय अध्यक्षहरुको बैठकले केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको हो ।

यी दुर्य समितिहरुले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, साँगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ । निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नुपर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ ।

विशेष समितिमा कमल थापासहित पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, उद्दब पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरणबहादुर गुरूङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधान सदस्य, नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रमबहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत रहेका छन् ।

दुबै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पदेन सदस्यमा राखिएको छ । पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भए पनि राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै कारण नियतवश विशेष समितिमा नराखिएको आरोप लगाए ।

पार्टीले गठन गरेको केन्द्रीय निर्देशन समितिमा चाहिँ नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणालाई राखिएको छ । विशेष समिति पार्टी सञ्चालनको शक्तिशाली कमिटीमा मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...