रुपा सुनारलाई ‘कामीको छोरी’ भएकै कारण काठमाडौंमा कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

101979314 2668861536766985 4391742182013272064 n

काठमाडौं । जात थाहा पाएपछि कबुल गरेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध मुद्दा दर्ता भएको छ । महानगरीय प्रहरी पीडितले प्रमाणसहितको जाहेरी लिएर बृतको कार्यालयमा गएपछि मुद्दा दर्ता भएको हो ।

ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् । सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन ।

ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ । तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेपछि रुपा घरबेटी काठमाडौं ११ स्थित बबरमहलकी सरस्वती प्रधान विरुद्ध अडियो रेकर्डसहित प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् ।

पत्रकार र कानुन व्यावसायिक बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । उनीमाथि जातीय भेदभाव भएपछि राष्ट्रिय दलित पत्रकार संघ लगायतका विभिन्न संघ संस्थाहरुले भ्रत्सना गरेका थिए ।

यस्तो छ जाहेरी पत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...