रचना गौतम अभिनित ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक

Eh gaathe jhyappai

काठमाडौं । उदयमान नव-कलाकार रचना गौतम अभिनित सांगीतिक भिडियो सार्वजनिक भएको छ । चक्रम बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गितमा आरके गोम्बा र मन्जु पुरिको स्वर रहेको छ । ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीतलाई डिपि खनालले लेखेका हुन्। गीतमा बाबुल गिरिको संगित र एरेन्ज रहेको छ।

फाइनल फिक्सलले निर्माण गरेको गीतको भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय गरेका छन्। गौरव गिरिले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ।

तारा थापाले सम्पादन गरेको भिडियोलाई श्याम कुँवरले कलर गरेका हुन्। गौतमको यो भन्दा अघिल्लो म्युजिक भिडियो ‘ए जुनु’ निकै चर्चित बनेको थियो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...