डब्बु क्षत्रीले ल्याए ‘अँधेरीमा थिएँ म’ (भिडियोसहित)

Andherima gajal

काठमाडौं । गीतकार डब्बु क्षत्रीले नयाँ गजल ‘अँधेरीमा थिएँ म’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र संगीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ ।

आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ ।प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगर लगायतको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् ।

गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको श्रृंगार रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...