युरोकपमा आज तीन खेल, स्पेन र स्वीडेनसहित को को भिड्दै छन् ?

Spainish national football team

काठमाडौँ । युरोकप फुटबलअन्तर्गत सोमबार तीन खेल हुँदै छन्। नेपाली समयअनुसार साँझ पौने ७ बजे स्कटल्यान्ड र चेक गणतन्त्र, पौने १० बजे पोल्यान्ड र स्लोभाकिया तथा पौने १ बजे स्पेन र स्वीडेनबीच खेल हुनेछ।

समूह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र दुवै विजयी सुरुवात गर्ने प्रयाशमा हुने छन्। यो समूहमा क्रोएसियालाई हराएर इङ्ल्यान्डले जितसहित सुरुवात गरिसकेको छ। सन् १९९६ पछि स्कटल्यान्ड पहिलोपटक युरोकप खेल्दै छ। उसले अघिल्ला दुवै सहभागितामा पहिलो चरण पार गर्न सकेको थिएन।

चेक गणतन्त्र स्वतन्त्र भएयता युरोकपका हरेक संस्करण खेलिरहेको छ, सन् १९९६ देखि। यसबीचमा एकपटक फाइनल, एकपटक सेमिफाइनल र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ भने पछिल्लोपटकसहित तीनपटक पहिलो चरणबाटै बाहिरिएको छ।

स्कटल्यान्ड पाँच खेलयता अपराजित रहे पनि उसले पछिल्ला ७ खेलमा तीन बराबरी, दुई हार र दुई जितको नतिजा निकालेको छ।

चेक गणतन्त्रले पछिल्ला चार खेलमा दुई हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ र पछिल्लो खेलमा अल्बानियालाई ३-१ गोलले हराएको थियो। स्कटल्यान्डले पछिल्ला लगातार तीन खेलमा चेक गणतन्त्रलाई हराएको छ।

सोमबारका बाँकी दुई खेल समूह ‘इ’ का हुनेछन् । गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको पोल्यान्ड पछिल्लो समय खराब लयमा छ। उसले पछिल्ला ७ खेलमा एक जित, तीन बराबरी र तीन हार बेहोरेको छ। तीन खेलयता जित हात पार्न सकेको छैन।

स्लोभाकिया पाँच खेलयता अपराजित छ तर उसले चार बराबरी र एक जितको नतिजा निकालेको छ। आपसका पछिल्ला चार भिडन्तमा स्लोभाकियाले तीन र पोल्यान्डले एक खेल जितेको छ।

नेपाली समयअनुसार मध्यरातमा सुरु हुने स्पेन र स्वीडेनबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। स्पेन ८ खेलयता अपराजित छ। उसले यसबीचमा चार जित र चार हारको नतिजा निकालेको छ। स्वीडेनले पछिल्ला लगातार ५ खेल जितेको छ। आपसमा भएका पछिल्ला चार भिडन्तमा स्पेनले तीन जित र एक बराबरीको नतिजा निकालेको छ।

स्पेनसँगको लगातार तीन हारको क्रम तोड्न स्वीडेनले सन् २०१९ मा भएको युरो कप छनौटमा १-१ गोलको बराबरी खेलेको थियो। त्यसअघि स्वीडेनले अन्तिमपटक स्पेनलाई सन् २००६ मा भएको युरो कप छनौटमा २-० गोलले हराएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...