कांग्रेसले टुंग्यायो ६५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता

Nepali congress bilding

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन आउनै लाग्दा ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।

छानबिन समितिका सचिव केशव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील सदस्यता टुंगिसकेको छ । शनिबार बसेको छानबिन समितिको बैठकले थप जिल्लामा विवादको अन्त्य गर्दै क्रियाशील सदस्यको विवरण अघि बढाएको हो ।

क्रियाशील सदस्यता छानबिन समितिले ३३ जिल्लाका ६५ क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाएको हो ।

आउँदो भदौमा हुने १४औँ महाधिवेशनका लागि कांग्रेसले ५० प्रतिशत थपेर क्रियाशील सदस्यलाई अन्तिम रुप दिइरहेको छ । शनिबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतालाई टुंग्याउन असार २० गतेसम्म समय दिने निर्णय गरेको छ ।

यस्तो छ विज्ञप्ती
(१) नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको जेठ २९, २०७८ को बैठकको निर्णय अनुसार, पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पु¥याई विवाद रहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको आधिकारिक वेवसाइट www.nepalicongress.org मा सार्वजनिक गरिएको छ । यस अघि १०१ स्थानको सार्वजनिक गरी सकिएको व्यहोरा अवगत नै छ ।

प्रदेश नं. १
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ मोरङ—१ नवीकरण÷नयाँ
२ मोरङ—२ नवीकरण÷नयाँ
३ मोरङ—३ नवीकरण÷नयाँ
४ मोरङ—४ नवीकरण÷नयाँ
५ मोरङ—६ नवीकरण÷नयाँ
६ सोलुखुम्बु नवीकरण÷नयाँ
७ सुनसरी—२ नवीकरण÷नयाँ
८ धनकुटा नवीकरण÷नयाँ

प्रदेश नं. २
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ सिरहा—१ नवीकरण÷नयाँ
२ सिरहा—२ नवीकरण÷नयाँ
३ सिरहा—४ नवीकरण÷नयाँ
४ महोत्तरी—३ नवीकरण÷नयाँ
५ सर्लाही—२ नवीकरण÷नयाँ
६ सर्लाही—३ नवीकरण÷नयाँ
७ सर्लाही—४ नवीकरण÷नयाँ
८ रौतहट—१ नवीकरण÷नयाँ
९ रौतहट—२ नवीकरण÷नयाँ
१० रौतहट—४ नवीकरण÷नयाँ
११ पर्सा—१ नवीकरण÷नयाँ
१२ पर्सा—२ नवीकरण÷नयाँ
१३ पर्सा—३ नवीकरण÷नयाँ
१४ धनुषा—२ नवीकरण÷नयाँ
१५ धनुषा—३ नवीकरण÷नयाँ
१६ धनुषा—४ नवीकरण÷नयाँ

बागमती प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ काठमाडौं—२ नवीकरण÷नयाँ
२ काठमाडौं—३ नवीकरण÷नयाँ
३ काठमाडौं—५ नवीकरण÷नयाँ
४ काठमाडौं—६ नवीकरण÷नयाँ
५ काठमाडौं—७ नवीकरण÷नयाँ
६ काठमाडौं—८ नवीकरण÷नयाँ
७ काठमाडौं—९ नवीकरण÷नयाँ
८ काठमाडौं—१० नवीकरण÷नयाँ
९ मकवानपुर—१ नवीकरण÷नयाँ
१० भक्तपुर—१ नवीकरण÷नयाँ
११ ललितपुर—१ नवीकरण÷नयाँ
१२ ललितपुर—३ नवीकरण÷नयाँ
१३ नुवाकोट—१ नवीकरण÷नयाँ
१४ नुवाकोट—२ नवीकरण÷नयाँ
१५ धादिङ—२ नवीकरण÷नयाँ
१६ रामेछाप नवीकरण÷नयाँ

गण्डकी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ तनहुँ—२ नवीकरण÷नयाँ
२ स्याङ्जा—१ नवीकरण÷नयाँ
३ स्याङ्जा—२ नवीकरण÷नयाँ
४ पर्वत नवीकरण÷नयाँ
५ मुस्ताङ नवीकरण÷नयाँ
६ नवलपुर—२ नवीकरण÷नयाँ

लुम्बिनी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ बाँके —१ नवीकरण÷नयाँ
२ रुपन्देही—१ नवीकरण÷नयाँ
३ रुपन्देही—३ नवीकरण÷नयाँ
४ रुपन्देही—४ नवीकरण÷नयाँ
५ दाङ—१ नवीकरण÷नयाँ
६ दाङ—२ नवीकरण÷नयाँ
७ दाङ—३ नवीकरण÷नयाँ

कर्णाली प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ जुम्ला नवीकरण÷नयाँ
२ सुर्खेत—१ नवीकरण÷नयाँ
३ सुर्खेत—२ नवीकरण÷नयाँ
४ डोल्पा नवीकरण÷नयाँ
५ सल्यान नवीकरण÷नयाँ

सुदूरपश्चिम प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ अछाम—२ नवीकरण÷नयाँ
२ कैलाली—१ नवीकरण÷नयाँ
३ कैलाली—२ नवीकरण÷नयाँ
४ कैलाली—४ नवीकरण÷नयाँ
५ कैलाली—५ नवीकरण÷नयाँ
६ बझाङ नवीकरण÷नयाँ
७ बैतडी नवीकरण÷नयाँ

(२) आज सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगाना [email protected] मार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ आषाढ ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्नेछन् । आषाढ ६, २०७८ पछि प्राप्त भएका उजुरी उपर कुनै सुनुवाई हुने छैन । साथै, यस सम्बन्धमा कुनै जानकारी चाहिएमा टेलिफोन नं. (९८५१०४४०६५ — डा. प्रदिप पराजुली, ९८५११२९०७८ — केशव रिजाल र ९८५११२४१९८ — रामचन्द्र घिमिरे) मा सम्पर्क गर्न सबैको जानकारीका लागि सूचित गरिन्छ ।

(३) सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटि सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि २०७८ आषाढ ६ गतेभित्र नै लेखि पठाउनु पर्नेछ ।

(४) केन्द्रबाट क्रियाशील सदस्यताको प्रस्तावित नामावली सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफू अन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको कम्प्युटर इन्ट्री गरेको प्रस्तावित नामावलीको प्रमाणित (नयाँ तर्फको प्रतिनिधि सभा क्षेत्रले र नवीकरण तर्फको जिल्लाले) सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) जम्मा गरेको भौचर÷आवश्यक कागजात विवरण, क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले आफ्नो जिल्ला भरिको क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको र सम्पूर्ण प्रक्रिया पु¥याई उल्लेखित सम्पूर्ण कागजात विवरण एक हप्ताभित्र अनिवार्य केन्द्रमा (भौतिक उपस्थितिमा बुझाउन सम्भव भए सोही अनुसार सक्कल कागजात तत्काल केन्द्रीय कार्यालयमा र आउन सम्भव नभए, पार्टीको इमेल ठेगाना [email protected] मा अनिवार्य) पठाउनु हुन जानकारी गराइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...