आफ्नै श्रीमानले गरे ३८ वर्षीया दीपिकामाथि एसिड प्रहार

Tejab akraman rautahat

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...