भदौं १६ गतेदेखि महाधिवेसन गर्ने मिति तोक्यो कांग्रेसले, जिल्ला र प्रदेशको अधिवेसनको मिति हेरफेर

Nepali congress meeting

काठमाडौं । महाधिवेसन हुँदैन की भनेर विभिनन आशंका भइरहेका बेला नेपाली कांग्रेसले भदौ दोस्रो सातादेखि गर्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने सहमति गरेको छ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।

सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।

त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख गरिएको सहमहामन्त्री डा. रामशरण महतले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

फेरि धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन २५ जनामा कोरोना पुष्टी

Dhankuta pcr lab

धनकुटा । केही दिनयता धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । हिजो धनकुटामा १७ जनामा क...