युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै

Italy win

काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् ।

आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे हुनेछ ।

समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...