नेपाल अष्ट्रेलियासँग पराजित, नेपालले ८ खेलमा ६ अंक जोड्यो

Nepal astriliya 28

काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।
जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ । शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह  ‘बि’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।

नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए । यस्तै खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको छ । ४५ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाले प्रारम्भमै २ गोलको अग्रता लिएको थियो । अष्ट्रेलियाले अहिले खेल अष्ट्रेलियाको पक्षमा लिए पनि नेपालले अष्ट्रेलियालाई निक्कै दवावमा राखेको थियो ।

आज मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले अष्ट्रेलियाका खेलाडीको गोल गर्ने अथक प्रयासलाई विफल तुल्याई दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...