गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि ३१ सांसदको हस्ताक्षर, दिपक मनाङेले दिए गठबन्धनलाई साथ

Gandaki hastaxyar

काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समय अवधि दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएका पोखरेलले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनु भएको छ । यद्यपि मुख्यमन्त्री नियुक्तिको निर्णय भने भोली शनिबार मात्रै हुने भएको छ ।

प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत भएको छ ।

त्यसअघि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । ‘सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि’ भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला’ भन्ने जवाफ दिएकी थिइन् ।

प्रदेश प्रमुख पौडेलले यसअघि नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न शनिबार ३ बजेसम्मको समय सीमा तोकेकी थिइन् । त्यतिञ्जेल अध्ययन गरी निर्णय दिने उनले बताएकी छन् ।

हस्ताक्षर गर्ने सांसदहरु
१. कष्णचन्द्र नेपाली पोखरेल
२. ओमकला गौतम
३. कुमार खड्का
४. कोपिला बोहोरा
५. चिन्त बहादुर घले
६. डोबाटे विश्वकर्मा
७. प्रकाशचन्द्र दवाडी
८. विन्दु कुमार थापा
९. भागवत प्रकाश मल्ल
१०. मणिभद्र शर्मा
११. मनकुमारी गुरुङ
१२. मेखलाल श्रेष्ठ
१३. ललितकला गुरुङ
१४. विष्णुप्रसाद लामिछाने
१५. सरिता गुरुङ
१६. हरि बहादुर चुमान
१७. आशा कोइराला
१८. गायत्री गुरुङ
१९. चन्द्र बहादुर बुढा
२०. दीपक कोइराला
२१. दीपक थापा
२२. दिलमाया रोकामगर गौतम
२३. मुधमाया अधिकारी गुरुङ
२४. रामजीप्रसाद बराल‘जीवन’
२५. लेख बहादुर थापा मगर
२६. विनोद केसी
२७. पियरी थापा
२८. खिमविक्रम शाही
२९. हरिशरण आचार्य
३०. धनमाया लामा पोखरेल
३१. राजीव गुरुङ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...