कांग्रेसलाई महाधिवेशनको चटारो : देउवाले बोलाए सबै पदाधिकारीको बैठक

Sher bdr deuwa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले भोलि (शनिबार) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

उनले बैठक देउवा निवास बूढानीलकण्ठमै बस्ने जानकारी गराए । दिउँसो २ बजे पदाधकारी र पूर्वपदाधिकारीको बैठक डाकेको हुन् । बैठकमा महाधिवेशन र समसामयिक विषयमा छलफल हुने स्रोतले बतायो ।

कांग्रेसले कोरोना महामारी र जिल्ला जिल्लाको विवादका कारण महाधिवेशनको कार्यातालिका अनुसार तयारी गर्न सकेको छैन । उसले फागुन मसान्तबाट चैत मसान्त हुँदै जेठ १५ सम्म म्याद सार्दा पनि क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन भने असार पहिलो सातादेखि तोकिएका वडा तहका अधिवेशन पनि प्रभावित हुने लगभग निश्चित भएको छ ।

तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नै लगाउन सकेको छैन । हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...