सभामुखद्धारा आयोजित सर्वदलीय बैठक सुरु : देउवा, नेपाल उपस्थित, देखिएनन् ओली  

Sabhamukh meeting   baneshor

काठमाडौँ । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अनुपस्थित भएका छन् ।

बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपाल सामेल भएका छन् भने उनीसँगै ओलीविरुद्धको मोर्चामा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल भर्चुअलरुपमा सहभागिता जनाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सामेल छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल लगायतका नेता सहभागी छन् ।

गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए । छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...