किन उठ्छ एमालेमा २०७५ जेठ २ कुरा ? यस्तो छ नवौं महाधिवेशनले निर्माण गरेको केन्द्रीय कमिटी छ (नामावलीसहित)

Kp nepal khanal

काठमाडौं । अहिले सरकारमा रहेर पनि सबैभन्दा बढी विवादमा तानिएको पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (एमाले) । एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली भर्सेज माधवकुमार नेपाल र झलनाथ खनाल समुहबीचको टवरावले पार्टी लगभग दुई चिरा भइसकेको छ ।

यो समुहले एमालेलाई २०७५ जेठ २ गते पूर्वको अवस्थामा फर्काएर पार्टीलाई पुनर्जिवित बनाउनुपर्ने बताइरहेको छ । पार्टी अध्यक्ष ओलीले केही दिनअघि मात्रै विज्ञप्ती जारी गर्दै एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने उल्लेख गरे । यद्यपि नेपाल समुहले भने ओलीको कुरामा विश्वास गर्न सकेका छैनन् ।

नवौं महाधिवेशनको केन्द्रीय कमिटीमा ओली खेमा बहुमतमा देखिन्छ । माधव नेपाल खेमामा ४० प्रतिशत पकड देखिन्छ । कतिपयले गुट परिवर्तन गरेका छन् ।

नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उनले माधवकुमार नेपाललाई पराजित गरेका थिए । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए । दुवै नेता अझै पनि पदाधिकारी मै छन् ।

एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।

पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता अवस्था फेरबदल भइसकेको छ । अहिले नवौं महाधिवेशनको केन्द्रीय कमिती सदस्यमध्ये कतिपयको मृत्यु भइसकेको छ ।

नेकपा माओवादी केन्द्रसँगको एकतालाई सर्वाेच्च अदालतले अवैध करार गरिदिएपछि एमालेमा ओली समुह हावी छ । ओली समुहले सरकार सञ्चालन र पार्टीमा एकलौटी गरिरहेको छ । जसका कारण नेपाल–खनाल समुह पार्टीलाई जसरी पनि २०७५ जेठ २ कै अगाडीको अवस्थामा फर्काउन जोडवल गरिरहेको छ ।

तर ओलीले भने त्यो चाहेका छैनन् ओली त जतिसक्दो नेपाल–खनाल समुहको पनि शीर्ष नेतालाई पाखा लगाएर सीमित नेताहरुलाई आफ्नो पक्षम ल्याउने लागेका छन् ।

प्रतिकृया दिनुहोस