सभामुख सापकोटाले आज सर्वदलीय बैठक गर्दै, प्रधानमन्त्री सभामुखले बोलाएको बैठकमा सहभागी नबन्ने

Agnisapkota

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । तर सभामुखले बोलाएको सो बैठकमा प्रधानमन्त्री नआउने निश्चित भइसकेको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् । कुन दिन पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने भन्न मिति भने तय भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...