सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्ने, प्रधानमन्त्री ओलीलाई लेखे यस्तो पत्र

Kp oli agni sapkota

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफल गर्ने भएका छन् ।

समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । त्यसका लागि सबै राजनीति पार्टीका शीर्ष नेताहरुलाई पत्र पठाएका छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न आग्रह गर्दै सभामुखले यस्तो चिठी लेखेका हुन् ।

जेठ २८ गते शुक्रबार संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको छ । यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

सभामुख सापकोटाले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् । सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तो छ पत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...