पहिले ४ महिना नजरबन्दमा राखे, अहिले यौन दुर्व्यवहार भोग्दा राउटे युवतीलाई मुखिया ‘बा’ ले मार्छन् भन्ने डर

Raute mikhiya

सुर्खेत । फिरन्ते जीवन यापन गर्दै आएका राउटे समुदाय राउटे समुदाय सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । १३८ जना संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाजित छन् ।

राउटे समुदायलाई ने नेपालको संविधान थाहा छ, न राज्यको कानुन नै मान्छन् । राउटेका मुख्यसँग मौखिक कानुन छ, जुन कानुन संशोधन पनि हुँदैन र चित्त नबुझे सुनुवाई गर्ने ठाउँ पनि हुँदैन ।

मुखियाको आदेश देशको संविधान भन्दा झनै कठोर छ । त्यस्तो संविधान जसले मृत्युदण्डको सजाय दिन पनि पछि हट्दैन । परम्परादेखि मानिआएको कानुनको पालना हुन्छ ।

आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनाले पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर छ ।

घटनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्याय दिने भन्नेमा चिन्तित छन् । किनकी घटनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतीहरू ज्यूँदो रहने सम्भावना हुँदैन । तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी पाएका छैनन् ।
जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने चलन राउटे समुदायमा छ ।

‘गलत गतिविधि राउटेहरूले कडा सजाय दिन्छन्’ राउटे समुदायका जानकार सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा भन्छन्, ‘यौन दुर्व्यवहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु हतियार) रोपेर मारिहाल्छन् ।’

यसकारण धेरै डर छ
राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरु यसअघि नै कारबाही परेका थिए । ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको खुलेको छ । दुवै पीडित युवतीहरू अविवाहित हुन् ।

यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल बनेका थिए । राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन भए पनि युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुव्र्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्छन् ।

यो कुरा मुखियाको कानमा पुगे त्यत्तिकै छोड्ने वाला छैनन् । अहिलेसम्म यौन दुर्व्यवहारमा परेको कुरा मुखियाको कानसम्म नपुग्दा ती दुई युवती जोगिएका छन् । राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोले मात्रै पाप ठान्छन् । यौन दुर्व्यवहार त उसका लागि जघन्य अपराध हो ।

घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मारिन सक्ने चिन्ता बढेको छ । राउटे समुदायका महिलाहरू प्रायः अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन् । उनीहरू श्रीमान् र समुदायको डरका कारण बोल्न डराउने गरेको जानकारहरु बताउँछन् ।

यौन दुर्व्यवहारको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेल भन्छन्, ‘पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्, जसले गर्दा पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित छन् । उनीहरूको नियम कानुन बुझेकै कारण यौन दुर्व्यवहारको घटनाबारे राउटे समुदायलाई जानकारी नदिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताउँछन् ।

सो घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पु¥याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाइएको छ । घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ ।

‘यसले के देखाउँछ भने, अहिले राउटे समुदाय अन्य समुदायबाट पूर्णतः असुरक्षित छ’ प्रहरी भन्छ, ‘असुरक्षाको शिकार तिनै युवतीहरु र बालबालिकाहरु भइरहेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...