जोर्डनसँगको प्रतिस्पर्धामा नेपाल ३ गोलले पराजित

Nepal jordan

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल बलियो टिम मानिएको जोर्डनसँग ३ गोलको अन्तरले पराजित भएको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा पहिलो हाफ अघि नै जोर्डनले १ गोलको अग्रता लिएको थियो । पहिलो हाफपछि जोर्डनका बाहा फाइजल सिफले १ र याजन अल अरब १ गोल गरेपछि नेपालले प्रतिष्पर्धामै चित्त बुझाउनु गरेको छ ।

कुबेतकाे तापक्रम ३९ डिग्री सेन्टिग्रेट रहेकाे थियाे । याे तापक्रम नेपाली खेलाडीका लागि प्रतिकूल रहेकाे थियाे ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।  यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा बाहा फाइजल सिफल गोल गरे ।

खेलमा एकतर्फी पकड जमाएको थियो । कयौं पटकको जोर्डनका खेलाडीका केहि उत्कृष्ट प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्न सफल भए । तर, नेपालले कुनै गोल भने गर्न सकेन ।

यसअघि भएको खेलमा चाईनिज ताईपेलाई २ शुन्य गोल अन्तरले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेकोमा नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ भने एक खेल भने बराबरी खेलेको छ ।

जितसँगै समूह 'बी' को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलिया बीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...