ओलीको वक्तव्यपछि नेपाल–खनाल समुहले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

Khanal nepal

काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए ।

आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि हो भनेर बुझ्नुपर्ने बताएकी छन् । ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन,’ उनले लेखेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।’

नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले अध्यक्ष ओलीले फेरि छलछाप गर्न कपटपूर्ण ढंगले वक्तव्य जारी गरेको आरोप लगाएका छन् ।

एकताको लागि तयार हो भने सुरुमै २ जेठ २०७५ को कमिटीको बैठक बोलाउनु पर्ने उनले बताएका छन् । अदालतमा जारी रहेको मुद्दालाई प्रभावित गर्ने उद्देश्यले ओलीले हस्ताक्षर फिर्ताको माग गरेको उनले आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...