शनिबार भुलेर पनि गर्नै नहुने यी काम, अटेरी गर्दा नोक्सानी हुन्छ

Hair dressers

काठमाडौं । धार्मिक परम्परा अनुसार सात बारको आ–आफ्नै महत्व छ । त्यसमा पनि शनिबारलाई विषेश बार नै मानिन्छ । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।
शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ शनिबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ ।

कपाल नुहाउनु हूँदैन
शास्त्रा शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

रौं काट्नु हुँदैन
शनिबार को दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

दारी काट्ने वा नङ काट्ने
शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

भारी कपडा धुनु र फोहोर हुँदैन
शनिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ ।

लक्ष्मीको पुजा
शनिबार को दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

कतिपयले धार्मिक कुरालाई नमाने पनि बार र समय बैज्ञानिक कुरा सँग मेल खाएको हुन्छ । तसर्थ बार अनुसारको काम गर्ने हो भने आम मानिलाई फाइदा हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...