नेपाल–खनाल समुहको स्थायी कमिटीको बैठक बस्दै, के आउला निष्कर्ष ?

Nepal khanal

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो ।

आजको बैठकमा शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने भएको छ । दुई दिनको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

नेकपा एमालेमा आन्तरिक विवाद चुलिरहंदा नयाँ पार्टी खोल्ने या संस्थापन पक्षसँगको संघर्षलाई जारी राख्ने भन्नेबारे नेपाल पक्षमा दुई धार देखिएको छ ।

केही नेताले एमालेमै रहेर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँगको संघर्षलाई जारी राख्नुपर्ने बताउँदै आएका छन् भने केहीले नयाँ पार्टी खोलेर आफ्नो ढंगले अगाडि बढ्नुपर्ने दबाब दिइरहेका छन् ।

नेतृत्वसँग समन्वय नै नगरी एकताको नाममा व्यक्तिगत रुपमा वार्ता र छलफल चलाएको भन्दै योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरूको पनि अहिले तीव्र आलोचना भइरहेको छ ।

केही दिनयता चरणवद्ध रूपमा गरिंदै आएको छलफलपछि प्राप्त सुझावका आधारमा अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने नेता नेपालको तयारी रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...