बाल यौन दुराचार अभियोगमा भक्तपुरबाट दुई शिक्षक पक्राउ

Arrested arrest kaidi

भक्तपुर । भक्तपुरबाट १३ वर्षीया किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा दुई शिक्षक प्रक्राउ गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखिया पक्राउ परेका हुन्‌ । ​प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ ।

भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौन दुराचार गरेको आरोप लगाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार पीडित बालिकाकी आमाले बुधबार उजुरी दिएपछि कोजु र मुखियालाई पक्राउ गरिएको हो ।

पीडित किशोरीले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो । मुखियाले राम्रोसँग खेल सिकाइदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताइएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताए ।

प्रतिकृया दिनुहोस