समवेदना कसैको लेख्न नपरोस् भन्दै बैंकर शेरचनसँगै आए प्रकाश सपुत (भिडियोसहित)

Prakash saput new song

काठमाडौं । सफल बैंकर अशोक शेरचन गीतकार हुन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । तर उनले प्रकाश सपुत र मेलिना राईको स्वरमा ‘प्रार्थना’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द अशोक शेरचनले लेखेका छन् भने संगीत पनि प्रकाश सपुतकै छ । शेरचनको गीतमा समवेदना कसैको लेख्न नपरोस् भन्दै सामाजिक सन्देश दिएको छ । गीतको म्युजिक भिडियोमा कोरोना संक्रमणका बेला मृत्यु भएको र पशुपति आर्यघाटमा दाहसंस्कार गर्नेसम्मको ठाउँ नभएको दृष्य समावेश गरिएको छ ।

गीतको संगीत संयोजन भने योगेश काजीले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन भने प्रवेश पौडेलले गरेका छन् । आज सार्वजनिक गरिएको सो भिडियो प्रकाश सपुतले आफ्नै युट्युव च्यालनबाट सार्वजनक गरिएको छ । एकै दिनको यो भिडियोलाई ३८ हजार १ सय ८७ जनाले हेरिसकेका छन् ।

युट्युबमार्फत गीत सार्वजनिक गर्दै गायक तथा संगीतकार प्रकाश सपुतले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘यो विषम् परिस्थितिमा एउटा सांगीतिक शुभेच्छा स्वरुप ‘प्रार्थना’ गीत लिएर आएका छौं । यो एउटा गीत मात्रैभन्दा पनि मनै देखि गरिएको शुभमंगलको कामना हो । जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला । कामना गरौं यो अफ्ठ्यारो परिस्थिति छिट्टै टरेर जानेछ ।’

भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुत फिचर्ड छन् । भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ ।

सपुत आफैं पनि कोरोना संक्रमणबाट अछूतो रहेनन् । उनी यो नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट पीडित बनेका थिए । उनी संक्रमणमुक्त भइसकेका छन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...