ओलीको क्याविनेटमा श्रीमति ‘आउट’ हुँदा श्रीमानको सानदार ‘इन्ट्री’

Raghubir mahaseth

काठमाडौं । काम चलाउ सरकारको जिम्मेवारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेवादी दल भनेर चिनिएको जनता समाजवादी पार्टीको एउटा खेमालाई हात लिँदै मन्त्रिमण्डल बिस्तार गरे । प्रधानमनत्री ओलीले मन्त्रिमण्डल बिस्तार गरेसँगै राजपा दुई टुक्रा बनेको छ ।

यो त भयो राजपाको कुरा । आफ्ना नजिकका मानिएका १३ जनालाई ओलीले पदमुक्त गरेका छन् । त्योसँगै निक्कै महत्वपूर्ण मानिएको सात मन्त्रालय भने आफैँले राखेका छन् । ती मन्त्रालयमा कसलाई ल्याउँछन् भन्ने निक्कै चासो बढको छ ।

यो भयो ओलीको कुरा । ओलीकै मन्त्रिमण्डलमा इन भएका रघुवीर महासेठ, जो उपप्रधानमन्त्रीसहित सानदार ‘इन्ट्री’ गरेका छन् । यसअघि पनि महासेठ ओलीकै पालामा मन्त्री थिए । तर, उनकी श्रमिति महिला बालबालिका मन्त्री जुलीकुमारी महतो भने पदमुक्त भएकी छन् ।

रघुवीर महासेठ दम्पत्ति केपी शर्मा ओलीको मन्त्रिपरिषदमा पालैपालो मन्त्री भए । यसअघि २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री भए । २० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा बाहिरिएका थिए ।

मन्त्री खुस्किँदा महासेठ श्रीमति महतो भने माधवकुमार नेपालसँग निक्कै नजिक थिए । ५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटीरूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

त्यसपछि दाहाल–नेपाल समूहमा आएकी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किइन् । त्यसपछि महासेठकी श्रीमती महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिए ।

हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । तर, उनकी श्रीमति महतोलाई भने पदमुक्त गरेका छन् । आखिर जे भए पनि ‘दुध कहाँ पोखियो, आफ्नै भागमा’ भनेझै महासेठ फेरि सत्तामा पुगेका छन् ।

लामो समय एमालेमा वामदेव गौतमसँग रहेका महासेठ २०७१ साउनमा सम्पन्न नवौं सचिव पदका उम्मेदवार थिए । केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भए ।

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ । यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो ।

तर महासेठ दुवै पदबाट पराजित भएका थिए । महासेठ २०५४ मा एमाले विभाजन भएपछि मालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेको २०५९ को सातौ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौंमा भने केन्द्रीय सदस्य पराजित भएका थिए । त्यसबेला ओली इतर समूहबाट उनको उम्मेदवारी थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...