कृष्ण थापाले फिर्ता गरे सरकारी गाडी, आजै पुगे सर्वाेच्चको शरणमा

Krishna thapa

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्र पठाएसँगै कृष्ण थापाले आफू चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।

प्रदेश मामिला समितिका सभापतिसमेत रहेका उनले शुक्रबार प्रदेशसभा सचिवालयमा आफूले चढ्दै आएको ग१झ ३७१ नम्बरको स्करपियो जिप फिर्ता गरेका हुन् ।

उनले प्रदेश मामिला समिति सभापतिको हैसियतमा तीन वर्षदेखि उक्त गाडी चढ्दै आएका थिए । थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो ।

यता, उनले आफुलाई पार्टीबाट हटाएको भन्दै सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट शुक्रबार दर्ता भएको छ ।

थापा बागलुड १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् । सरकारविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्तावमा राजमोले समर्थन गरेको थियो । उक्त प्रस्तावमाथि आफ्ना सांसदलाई ह्विपसमेत जारी गरेको थियो ।

सांसद थापाले मुख्यमन्त्रीमा गुरुडलाई नै समर्थन गर्दै पार्टीको निर्देशन उल्लंघन गरेका थिए । राजमोले नयाँ सरकार गठनमा सहयोग गरेको बताए पनि उनले भने सहमत नभएको भन्दै प्रदेशप्रमुखलाई पत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...