राजपाबाट यी व्यक्तिहरु सरकारमा सहभागी हुँदैछन्, यस्तो छ नामावाली

Mahantha rajendra 21

काठमाडौं । पार्टी विभाजन गरेर भए पनि जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने पक्कापक्की भएको छ । ठकुर पक्षले केपाी ओली नेतृत्वको सरकारमा सहभागी बन्नेहरुको नाम पनि टुंग्याएको छ ।

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । तर मन्त्रालयको विषयमा भने कुरा मिल्न बाँकी रहेको छ ।

राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका छन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने भएको छ ।

स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय स्रोतको भनाई छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...