जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भर्चुअल कार्यक्रम गरी मनाइँदै

Cast untoushability nepal

काठमाडौं । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

यो वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि भर्चुअल माध्यमबाट यो दिवस मनाइँदै छ । जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरका दलित संघ संस्था, राजनीतिक पार्टीहरुका जनवर्गीय संघ संगठनहरुले भर्चुअल कार्यक्रमहरु गर्दै छन् ।

नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५९ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो  ।

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न राजनीतिक पार्टीका जनवर्गीय संघ संगठनका प्रमुखहरुले शुभकामना सन्देश दिँदै नेपाली समाजमा समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस