जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त, गण्डकीमा २ सांसदमा खुम्चियो जनमोर्चा

Krishna thapa

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ ।

बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसकेका छन् ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जना मात्र रहने भएका छन् । राष्ट्रिय जनमोर्चाले नेकपा एमाले बाहेकको दलको सरकारमा बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताएका थिए ।

दलको निर्देशन उल्लंघन गरी थापा विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...