आयो कोरोना कहरको गीत ‘शोकले मरिन्छ की भोकले’ (भिडियोसहित)

Corona song

काठमाडौं । दोस्रो भेरियन्ट सहितको कोरोना संक्रमणका कारण देश प्रायः ठप्प छ । कोरोना संक्रमणका कारण दिनहुँ सय जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् भने संक्रमितको संख्या पनि अधिक छ । अहिले जुनसुकै अस्पतालहरुमा पनि अक्स्जिनको अभाव छ भने भाकेले छट्पटिनेहरु उत्तिकै छन् ।

यही विषयवस्तु्लाई समेटेर पत्रकार प्रकाश बराइली ‘अभिब्यक्ति’ ले ‘शोकले मरिन्छ की भोकले’ बोलको गीतको म्युजिक भिडियो ल्याएका छन् । उनले आफ्नो शब्दमा गायक सुजन बराइलीसँग मिलेर कारोना बिशेष गीत ल्याएका हुन् ।

‘शोकले मरिन्छ की भोकले’ बोलको गीतमा सर्जक, पत्रकार, निर्देशक एवं गीतकार प्रकाश बराइली ‘अभिब्यक्ति’ को शब्द, सुजन बराइलीको स्वर रहेको छ भने चर्चित गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।

‘शोकले मरिन्छ की भोकले’ बोलको गीत रमेश सेञ्चुरीले एरेञ्ज र मिक्सिङ गरेका छन् । गीतकार प्रकाश कै निर्देशन तथा छायांकन रहेको गीतको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ले सम्पादन गरेका छन् ।

‘शोकले मरिन्छ की भोकले’ बोलको गीतको भिडियोमा मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय रहेको छ । सो गीतलाई मल्लाजी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ भने म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरले दृश्य निर्माण गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...