निर्वाचन आयोगद्धारा जसपाका दुवै अध्यक्षको पत्र खारेज, प्रक्रिया पुर्‍याएर आउन निर्देशन

1618406028

काठमाडौँ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ । बुधबार बसेको आयोगले बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः पक्रिया पुर्याएर आउन पत्राचार गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पनि पत्र काटेको छ । दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था अनुसूची १८ मा छ ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर नभएको पत्र लेखेर आयोगलाई पार्टीको कागजात अद्यावधिक गर्न आग्रह गरेका थिए । मंगलबार प्राप्त पत्रपछि आयोगले अपुरो रहेको भन्दै बुधबार नै ठाकुरलाई पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दुवै पत्रमाथि सुनुवाइ गर्दै आयोगले बुधबार खारेज गरेको हो । यादवले आयोगलाई पठाएको पत्रमा ५१ सदस्यीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि सँगै बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको जनाउँदै अध्यावधिकका लागि मात्रै पत्र पठाएको आयोगले जनाएको छ ।

यादवले सोमबार ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेर आयोगलाई जानकारी गराएका थिए ।

लगत्तै ठाकुरले पनि यादवलाई निष्कासन गरेर आयोगमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको विवरण अध्यावधिक गर्न पत्र पठाएका थिए ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ । केही सदस्यले आफू कतातिर भन्ने प्रष्ट नपारिसकेको भएपनि महन्थ ठाकुरको पक्षमा २२ केन्द्रीय कार्यकारिणी सदस्य मात्रै छन् ।

जसपाको ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको छ । यादव पक्ष भने प्रतिपक्षी गठबन्धनमा सहभागी भएको छ । सरकार गठन लगायतका विषयमा कुन पक्षमा लाग्ने भन्ने विवादले जसपाभित्र विवाद चुलिएको हो । जुन विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...