संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो : ७,२२१ जना संक्रमण मुक्त, ५,३१६ संक्रमित थप

Corona test

काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ९ सय ९३ रहेको छ । हाल देशभर १ लाख १ हजार ९ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ७२१९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस