नेपाल पक्षका थप १२ जनालाई कारवाही नगर्ने ओलीको संकेत, किन रोकियो कारवाही प्रक्रिया ?

Uml standing 1 scaled

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका थप १२ जनालाई तत्काल अनुशासन उल्लंघनको कारवाही नगर्ने संकेत देखिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको ओली पक्षीय एमाले स्थायी कमिटी बैठकको थप १२ जनालाई स्पष्टीकरण सोधिएको विषयमा छलफल गर्ने एजेण्डा नभएसँगै तत्कालै उनीहरुलाई कारवाही गर्न ओली तयार नभएको संकेत देखिएको हो ।

ओली निकट नेता एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मंगलबारको स्थायी कमिटी बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुको मामिलामा छलफल गर्ने एजेण्डा नभएको बताए । उनले कोभिड–१९ महामारी उपचार, रोकथाम र नियन्त्रण तथा हालै जारी भएको बजेटका मामिलामा मात्रै मंगलबारको छलफल केन्द्रीत भएको उनको भनाई छ ।

उनले भने, ‘सकेसम्म पार्टी सदस्यताबाट हामीहरु नेताहरुलाई निकाल्न चाहेका छैनौँ । अन्तिम अवस्थासम्म पनि पार्टी एकताको प्रयास जारी राख्ने हाम्रो योजना छ । कोही आफ्नै कारणले पार्टी छोडेर जाने भए बेग्लै कुरा।’ पार्टी निर्देशनविपरीत सरकार गठनका लागि विपक्षीलाई साथ दिएको आरोप लगाउँदै नेपाल पक्षका थप १२ जनालाई यही जेठ १२ गते ओलीले स्पष्टीकरण सोधेका थिए ।

पछिल्लो दुई पटक स्थायी कमिटी बैठक पूर्वनिर्धारित समय भन्दा पर धकलेको ओली पक्षले त्यसअघि यही जेठ १० गते नेता नेपाल सहित ११ जनालाई पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरिको थियो ।

राजनीतिक रुपमा विभाजन भइसकेको एमाले एकताका लागि भएका प्रयासहरु पनि विफल भएका छन् । एकताका लागि गठित कार्यादलकै सदस्य नेता भीम रावललाई ओलीले पार्टीबाट निस्काशन गरिसकेका छन् ।

यो बीचमा अन्य संयन्त्रबाट पार्टी एकताको प्रयास भइरहेको ओली पक्षीय स्थायी कमिटी सदस्य एवं पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टी एकताको प्रयास जारी नै छ । एकताका लागि गठित कार्यदलको बैठक नबसेपनि अन्य संयन्त्रबाट एकताको प्रयास जारी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...