जसपाका नेता ठाकुर र महतसँग प्रधानमन्त्रीको ४ घण्टा लामो वार्ता, के भयो छलफल ?

152012 jasapa oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ।

४ घण्टा लामो  छलफलमा प्रधानमन्त्री ओलीसँगै जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए।

उनीहरुबीच मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीले जपसालाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जसपाका अध्यक्ष ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा जाने बताएका थिए।

बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो। कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन्। मधेश तथा थरुहट आन्दोलनका मुद्दा फिर्ता भएपछि जसपा सरकारमा जाने वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन्। भेटपछि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर थप छलफल गरेर अघि बढ्न राजी भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...